सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘माइतीघर’मा अभिनेत्री उपासना सिंह ठकुरी अनुवन्धित भएकी छिन्। रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री सिंहले मुख्य भूमिका निभाउने लागेको जानकारी निर्माण पक्षले दिएको छ। उपासनासँगै फिल्ममा हास्य कलाकार केदार घिमिरेले पनि इन्ट्री गरेको जानकारी बाहिरिएको छ।

रविन शेरचन र धिरज तामाङको लगानी रहने फिल्मको लेखन रामशरण पाठकले गरेका हुन् भने चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ कार्यकारी निर्माताका रुपमा रहेका छन्। आउँदो बर्ष बडादशैँको अवसर पारेर रिलिजको योजना रहेको फिल्मको छायांकन भने केही महिनामा सुरु हुनेछ ।

फिल्मलाई मिलन तामाङको निर्देशन गर्ने भएका हुन्। यस अघि करिब ५८ बर्ष अघि ‘माइतीघर’ बनिसकेको छ भने निर्माण टिमले उक्त फिल्मको नाम सापटी लिएर फिल्म बनाउन लागेका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com