सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित गायक,नायक, निर्देशक प्रकाश सपूतद्वारा निर्देशित तथा निर्मित पहिलो नेपाली चलचित्र ‘वसन्त’ को पोस्टर सार्वजनिक भएको छ। यहि आउदो चैत २२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको आइतवार साँझ सामाजिक सन्जाल मार्फत फस्टलूक पोस्टर सार्वजनिक गर्दै निर्माता तथा अभिनेता सपूतले चलचित्रको  प्रदर्शन मिति घोषणा गरेका छ्न ।

प्रकाश सपूतकै कथा, संगीत तथा निर्देशनमा बनेको चलचित्रमा प्रकाश सन्गै स्वस्तिमा खड्का,खड्ग बहादुर पुन (खबपु), प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्दागे आदि कलाकारले अभिनय गरेका छन् ।

आफ्नै गाउमा अधिकांश छायांकन गरेको चलचित्र मार्फत प्रकाश सपूतले चलचित्र निर्देशनमा पनि डेब्यू गरेका हुन् । यसअघि आफ्ना गीत थुप्रै भिडियोहरु निर्देशन गरिसकेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com