सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिपेन्द्र लामा निर्देशित फिल्म नाङ्गो गाउँको रिलिज डेट फिक्स गरिएसँगै फस्ट लुक पोस्टरपनि सार्वजनिक गरिएको छ। अब भने फिल्म भदौ २९ गतेबाट नेपालीसहित विश्वभर प्रदर्शन हुने भएको छ। महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै निर्माण टिमले सो डेट लक गरेको हो। सार्वजनिक पोस्टरमा भने कुनै कलाकारलाई पनि राखीएको छैन।

हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा निर्देशक लामाकै लेखनमा बनेको हो। फिल्ममा जय श्रेष्ठको लगानी रहेको छ।

सामाजिक कथावस्तुमा आधारित फिल्ममा  दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ। फिल्म दया र मिरुनाको तेश्रो सहकार्य भएको छ।  यस अघि रिलिज भएका कबड्डी ४ र जारीलाई दर्शकले साथ दिएपछि यी दुईको जोडीको चर्चा चुलिएको हो।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com