सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति बहु प्रतीक्षित एक्सन-थ्रिलर नेपाली चलचित्र ‘एक्टर : टेक वान’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु प्रदिप खड्का,आना शर्मा, र दिव्या रायमाझी,राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी र सुशील सिटौलालाई स्थान दिइएको छ ।

त्रिकोणात्मक प्रेमकथा साथै उच्च महत्वकान्क्षि भूमिका बोकेको पात्र र उसको जीवनको उतार चढावको कथा बोकेको चलचित्रको ट्रेलरमादेख्न सकिन्छ ।

चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, निश्चल बस्नेत,उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

चलचित्रका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन् । चलचित्रमा छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रमा किरण थापाले कोरियोग्राफी साथै  हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन् ।

प्रतिक्षित चलचित्र ‘एक्टर: टेक वन’ माघ १६ गते बाट प्रदर्शनमा आउदैछ  ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com