सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –प्रिज्मा एडभटाईजिङका प्रमुख रन्जित आचार्य तथा व्यवसायी शेखर गोल्छा मिलेर नेपाली चलचित्र निर्माण कम्पनिको औपचारिक घोषणा गर्दै उक्त कम्पनि बाट बन्ने पहिलो चलचित्र ‘परान’ को बुधवार औपचारिक निर्माणको घोषणा गरिएको छ ।
लोकप्रिय हास्य श्रृंखला ‘सक्किगोनि’ का कलाकार तथा दर्जनौं म्युजिक भिडियोहरुका निर्देशिक दीपकप्रसाद आचार्य ‘काकु’ चलचित्र निर्देशन गर्दैछन ।
चलचित्रको प्रमुख भूमिकामा नीर शाह रहने छन् भने मदनकृष्ण श्रेष्ठ,अभिनेत्री पूजा चन्द,अञ्जना बराइली, केकी अधिकारीर, प्रविण खतिवडा,महेश त्रिपाठी र सुभाष गजुरेलले चलचित्रमा मुख्य भूमिका निर्वाह गर्दैछन् । चलचित्रमा बुद्धि तामाङ, यमन श्रेष्ठ साथै निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य बाल कलाकारका रुपमा आउदै छन् ।
चलचित्रको छायाँङ्कन फागुनको पहिलो सातादेखि धनकुटा बाट हुनेछ ।
प्रतिक्रिया