सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेलले वसन्त पञ्चमीको अवसर पारेरआफ्नो आगामी चलचित्र ‘वरिष्ठ बलराम’ को  औपचारिक घोषणा गरेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ आगामी फागुनको पहिलो सातादेखि छायांकनमा जान लागेको चलचित्रलाई महेश दवाडीले लेखेका छन् । चलचित्र सामाजिक कथावस्तुमा आधारित हुनेछ ।

चलचित्रमा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहने छन् । चलचित्रलाई २०८२ सालमा प्रदर्शन गरिनेछ  ।चलचित्रका अन्य कलाकारहरुको चयन जारि नै रहेको छ  तथा प्राविधिक टोलीबारे निर्माण पक्षले क्रमशः जानकारी दिने बताएको छ ।

केही दिनमै सार्वजनिक गरिने चलचित्रको टीजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ। चलचित्रको छायांकन तराईका विभिन्न स्थानमा गरिने बताइएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com