सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गोल्डेन जुब्ली चलचित्र निर्देशक तुलसी घिमिरेले निर्देशन गर्न लागेको आगामी चलचित्र ‘पहाड’ को आज मुहुर्त गर्दै छायाङ्कन प्रारम्भ गरिएको छ । आज विहान गोर्खा दरबारमा पुजा संगै मुहुर्त सट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु नायिका पञ्चमी घिमिरेले दिएकी थिइन् ।
चलचित्रलाई चर्चित बलिउड छायांकार प्रमोद प्रधानले छायांकन गर्दैछन। प्रधानले यसअघि,सपना,अन्याय, तिलहरि, चिनो, दक्षिण र राँको पनि छायांकन गरेका छन् । उनी बलिउडका चर्चित छायांकार विनोद प्रधानका कान्छा भाई हुन् । उनी ३ दशकपछि नेपाली चलचित्रको छायांकनमा फर्किएका छन् ।
युवा जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रित्तिन्छ र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु चित्रण गर्ने साथै ग्रामीण परिवेशको कथामा छायांकन हुने चलचित्रमा अहिले सम्म कलाकारहरु मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापा अरुण क्षेत्री र पञ्चमी घिमिरे पक्का भएका छन् । गोरखाबाट छायांकन शुरु गरिने चलचित्रको काठमाडौं र मुम्बईमापनि छायांकन हुनेछ ।
यसै चलचित्र मार्फत निर्देशक घिमिरेकि कान्छी छोरी पञ्चमी घिमिरेले नेपाली रजतपटमा पाइला टेक्दैछिन।
तेस्तै यस चलचित्रमा प्रोडक्सन डिजाइनरको रुपमा निर्देशक घिमिरेकि जेठी छोरी भावना घिमिरेले पनि काम गर्दैछिन्
भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा रञ्जित गजमेरको संगीत रहनेछ भने चलचित्रलाई ओजस्वी केसीले निर्माण गर्दैछन् । रिम्पोछे लामा, थिङ एन्ड सुरेश र लामा थिङ सहनिर्माता हुनेछन् । क्रिएटिभ डिरेक्टरमा भारती घिमिरे रहेकिछन।
चलचित्रलाई नेपाल वितरकमा ब्यांकटेस इन्टरटेनमेन्ट र अन्तर्राष्ट्रिय वितरकमा सेभेन सिज इन्टरन्यासनलले गर्दैछन ।
प्रतिक्रिया