सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि फागुन १४ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरज पण्डितको स्वर रहेको छ । उक्त गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःख,सुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा चलचित्रका कलाकारहरु महेश त्रिपाठी र रेणु योगी फिचर्ड गरिएको छ। यस गीतले दुई मुख्य पात्रबीचको प्रेम कथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ ।
अहिले प्रदर्शनरत चलचित्रले व्यापारिक रूपमा सफलता हासिल गरिरहेको छ।
चलचित्र ‘लाज शरणम्’ मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रको निर्देशन कुमार कट्टेलले गरेका छन् ।
चलचित्रमा कलाकारहरु सिताराम कट्टेल (धुर्मुस) संगै विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतकाहरुको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको चलचित्रका निर्माता नविन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।
प्रतिक्रिया