सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पेपरक्लिप प्रालिको ब्यानरमा बनिरहेको चलचित्र ‘जनै हराएको बाहुन’ ले प्रदर्शन मिति तय गरेको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते प्रदर्शन हुने चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन प्रदर्शन हुनेछ ।

चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबिचको भाबुक कथामा चलचित्र बन्नेछ ।  चलचित्रको मुख्य  थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।

चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् । २०८२ सालको हरितालिका तीजमा दर्शकमाझ आउने फिल्म यो वर्षको अन्त्यसम्ममा फिल्म छायाँकनमा जानेछ ।

पेपरक्लिप प्रालिले बनाउन लागेको चलचित्र  ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् भने उनको यो डेव्यु निर्देशन रहनेछ । चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन् । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।

चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com