सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको छ। २९ दिन लगाएर चलचित्रको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो।

चलचित्रका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा चलचित्रको छायांकन सम्पन्न भएको जानकारी दिए। हरिवंश भन्छन्, ‘निर्देशक दिपेन्द्र के खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन गर्यौ। हाम्रो टिम एकदम राम्रो बन्यो। सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाडै छायांकन सम्पन्न गर्न सफल हुन् पुग्यौ।’ उनले गीतहरुको पार्ट पनि सहज रुपमा चाडै छायांकनको काम सम्पन्न हुने विश्वास राखेका छन्।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहित बंश आचार्य निर्माताको रुपमा रहेका छन्। हरिबंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का , राजाराम पौडेल ,किरण केसि, हरिहर शर्मा, पार्वति अधिकारी , दिब्यदेब पन्त , तारा शर्मा , दिनेश काफ्ले, सिता न्यौपाने लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

चलचित्र दशैको फूलपातीमा नै रिलिज हुने निर्माता सरोज ओलीले जानकारी दिएका छन्। उनले सम्पूर्ण काम सकेर दशैको फूलपातीमा नै चलचित्र रिलिज हुने बताएका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com