सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउदो जेठ २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा अभिनेता दिलीप रायमाझी,प्रियंका कार्की, उमेश राई, सुमन खाँड, सरोज केसी लगायतका कलाकारहरूलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गरिएको गीतमा गायक प्रताप दास र मेलिना राईले आफ्नो आवाज दिएका छन् भने गीतमा नरेन्द्र वियोगीको संगीत  रहेको छ । गीतमा नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् ।

चलचित्र ‘हेल्लो काँशीराम’मा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिनेत्री प्रियंका कार्कीलाई चलचित्रमा विशेष भूमिकामा रहेकी छिन ।

रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन निर्देशक रिम विश्वकर्माले गरेका छन्  भने चलचित्रमा पी.बी. थापाको लगानी रहेको छ । यम आलेको छायांकन रहेको चलचित्रमा मित्र डी. गुरुङले सम्पादन र रंग संयोजन गरेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com