सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली संगीत क्षेत्रमा झण्डै दश वर्षपछि पुनः फर्किएका गायक रोदित सिंह भण्डारीले आफ्नो बहुप्रतीक्षित नयाँ गीत ‘लग्यौ मेरो दिल चोरी’ सार्वजनिक गरेका छन् । गीतमा अभिग्य घिमिरेले भण्डारीलाई साथ दिएकी छन् ।

अनमोल के.सी.को चलचित्र ‘ड्रिम्स’को सुपरहिट गित ‘तिमि सामु…’ हिट भएपछी लामोसमय विश्राम लिएका भण्डारीले ‘लग्यौ मेरो दिल चोरी’ विशेष दिन पारेर सार्वजनिक गरिएको छन्, भण्डारीकी श्रीमती स्मृति दाहालको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको भिडियोमा श्रीमान-श्रीमतीलाई नै देख्न पाइन्छ ।

रोदितले यस गीतलाई केवल नयाँ सिर्जना मात्र नभई आफ्नो जीवनको एक महत्वपूर्ण मोड र कलात्मक पुनरागमनको प्रतीकका रूपमा लिएको बताउछन । “यो गीत मैले वर्षौंदेखि गाइरहेको थिएँ, यो मेरो मनसँग गासिएको छ र आज म यसलाई तपाईँहरूसँग बाँड्न पाउँदा अत्यन्तै उत्साहित छु,” उनले गीत सार्वजनिक गर्दै भनेका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com