सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ।
नेपाली टेलिभिजन दर्शकमाझ निकैनै लोकप्रिय पत्र ‘हरिबहादुर’को झल्को दिने पोस्टरमा उनलाई एक निलो ट्याङ्का बोकी रहेको देख्न सकिन्छ। कालो इस्टकोट, रातो टि-शिर्ट, रातो टोपी र ट्राउज़र लगाएका उनीले काधमा झोला पनि भिरेका छन्। पोष्टरमा हरिबहादुरले जुत्ता लगाएपनि एक जोर पुराको जुत्ता उनले भिरेको झोलामा झुनड्याइएको देख्न सकिन्छ। सोहि झुनड्याइएको जुत्तामा कथा बग्ने छ भनेर अनुमान लगाउन सकिन्छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार पारेका हुन्।
चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउने भएको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाको छायांकन रहेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका हुन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
प्रतिक्रिया