सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – `डल्लेले इन्ट्री मार्यो´ चलचित्रको प्रमुख भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का फाइनल भएकी छिन । राजु गिरीको निर्देशनमा बन्ने चलचित्र टिमले रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो ।

मिस नेपाल २०२५ मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि चर्चामा आएकी रोशनीलाई `डल्लेले इन्ट्री मार्यो´ मा चर्चित हाँस्य अभिनेता सागर लम्साल (बले) को जोडीका रुपमा देख्न पाइनेछ ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा सागर र रोशनीका साथमा रमेश बुढाथोकी,रबिन्द्र झा,ध्रुव कोइराला,सुभाष गजुरेललगायतका कलाकारले अभिनय गर्ने तय भइसकेको छ ।

श्याम तामाङको छायांकन,देव महर्जनको द्वन्द्व निर्देशन अनि अर्जुन पोखरेल,बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहने चलचित्र चितवन र काठ्माडौमा खिचिने जानकारी निर्देशक गिरीले दिएका छ्न । सामाजीक कथानक हास्य प्रधान चलचित्र उषा फिल्मसको ब्यानरमा बन्दैछ । सुटिङ दशै लगतै सुरु गरिदैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com