सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हास्य सम्राट हरिबंश आचार्यको मुख्य भूमिका रहेको साथै यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ।

अव यो चलचित्र सवै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डका कार्यसमितिका सदस्य चलचित्रको क्लाइमेक्स हेरेर भावुक बनेका थिए। चलचित्र हसाउदा हसाउदै भावुक बनाउने बनेको सेन्सर बोर्डका सदस्यले प्रतिक्रिया दिएका थिए।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com