सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको चलचित्र ‘आ बाट आमा’को २५ दिनमा छायांकन सकिएको छ। चलचित्रको छायांकन सकिए लगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल चलचित्रका लागि अनुबन्ध गरेका छन्। निर्देशक चन्द्र पन्तले चलचित्रको नाम र अन्य कलाकारको बारेमा केहि दिनपछि जानकारी दिने बताए। अहिलेलाई अभिनेताका रुपमा पललाई लिएको र पहिलो जस्तै दोस्रो सहकार्य पनि दमदार हुने उनको भनाई छ।
निर्देशक पन्तले चलचित्र ‘आ बाट आमा’को छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट छायांकन थालेका थिए। एक महिनाको सेड्युलमा छायांकन थालेता पनि कलाकार तथा प्राविधिक पक्षको मेहनतका कारण ५ दिन अगावै चलचित्रको सुटिङ सकिएको निर्देशक पन्तले जानकारी दिएका छन्।
चितवन,काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस चलचित्रमा पल शाह,प्रदीप रावत,विपना थापा, गजित बिष्ट,साइग्रेस पोखरेल,सिम्रन पन्त,उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्। आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथालाई चलचित्रले बोल्ने छ।
चलचित्रको छायांकन सकिएपछि अभिनेता पल शाहले आफु यो चलचित्रबाट निकै आशावादी रहेको बताए। उनी भन्छन्,‘म आशावादी छु तपाईं भगवान रूपी दर्शकहरूले ‘आ बाट आमा’लाई पनि सधैं झैँ माया र समर्थन गर्नु हुनेछ र भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिनुहुनेछ।’
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको डिओपीमा नवराज उप्रेती रहेका छन्। चलचित्रको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर। गौतम,रहेका छन्।
चलचित्रको विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ। निर्माण पक्षका अनुसार अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको हो। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ। नेपालमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
प्रतिक्रिया