सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक २१ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘जारी २ : सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ ।

`जारी २´ले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई चलचित्रको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ। दया र मिरुनाका अलावा विजय बरालको वैभाविक सेरोफेरोको कथाले पनि दर्शकलाई यो चलचित्र हेर्न प्रेरित गर्नेछ। ट्रेलरमा उनको पाटोले चलचित्रमा डार्क ह्युमर देखिन्छ ।

तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ।यस हिसाबले चलचित्र दर्शकका लागि सुरुचिपूर्ण हुने अनुमान गर्न सकिन्छ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।

चलचित्रमा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र यो वर्ष सर्बाधिक व्यापार गर्ने सिनेमाको श्रेणीमा राखिएको छ।

‘जारी’ चलचित्र २०८० सालको ब्लकबस्टर चलचित्र हो। सो वर्ष चलचित्रले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै चलचित्रलाई प्रतिक्षित चलचित्रको सूचीमा राखिएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com