सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसैबीच, चलचित्रको निर्माण टिम हिजो शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर चलचित्रको प्रचार गरेको हो ।

झापाको बिर्तामोडस्थित चलचित्रकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल, चिल्ड्रेन स्कूलमा पुगेर ‘हर्ष’को कथावस्तु बारेमा जानकारी दिँदै चलचित्र हेर्न आग्रह गरेका थिए ।

लामो समयपछि नेपाली चलचित्रमा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामाग्रीले देखाएको छ । आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रले पछिल्लो समय नेपाली चलचित्रमा पारिवारिक चलचित्रको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको निर्देशक पौडेलले बताइन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्र समेत निर्माण गरेकी छन् ।

चलचित्रमा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी चलचित्रमा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्रका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् । काफिया फिल्मस् र डिसिएनले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा बुढासुब्बा डिजिटल छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com