सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ ९ गतेबाट रिलिज हुने चलचित्र ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो।

ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन्। दुवैको केमेस्ट्री मिलेको देखिन्छ। लोकलयमा आधारित यस गीतको भिडियोमा लभस्टोरी बुनिएको छ।

निर्देशक विजय केरुङले चलचित्रको गीतलाई दर्शकले मन पराउने बताए। उनले भने,‘चलचित्रको कथा अनुसार कै गीतलाई रोजेका छौँ। गाउँघरको टिपिटकल शब्दलाईलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ होला।’

यस गीतको भिडियोमा उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाएका हुन्। भने शिव ढकालले खिचेका छन्। एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको यस गीतमा संगीत गायक योगी कै रहेको छ। गीतको शब्द रचना भने मौसम अर्यालले लेखेका हुन्।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराईलीका अलवा सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रलाई विजय केरूङले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने चलचित्रमा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ।

यसअघिको चलचित्रको टिजर तथा पोस्टरले दर्शकमाझ कौतुहलता बढाइसकेको चलचित्रलाई वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com