सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौं: निर्देशक दिनेश राउतको अनटाईटल चलचित्रमा गायक स्वप्न सुमन र गायिका दीक्षिता कार्की अनुबन्धित भएका छन। सुमन र दीक्षिता दुवैको यो डेब्यु चलचित्र हो। म्युजिकल लभस्टोरी कथामा तयार हुने चलचित्रमा यी दुइलाई जोडीको रुपमा देख्न सकिनेछ।

 

स्वप्न युवापुस्ताका प्रिय गायक हुन भने दिक्षिता संगीतकार चेतन कार्कीकी छोरी जो युट्युब लगायतका प्लेटफर्ममा इन्डिपेन्डेन्ट गायिकाको रुपमा चर्चित छन् । वैशाखदेखि छायांकनको तयारीमा रहेको चलचित्रको अहिले अभिनयको कार्यशाला चलिरहेको छ। जीवन थापा निर्माता रहेको चलचित्रको कथा विकास सुवेदीले लेखिरहेका छन् । चलचित्रलाई मल्टी मेटको ब्यानरमा निर्माण गरिने तयारी रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com