सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ – ओजस थियटरमा नाटक ‘असुर’को मन्चन सुरु भएको छ । बुधबार बेलुका खचाखच दर्शकका बीच नाटकको घुम्टो खोलियो ।

विवेक न्यौपाने (घने)ले निर्देशन गरेको नाटकले शक्ति प्राप्तको लागि भोको व्यक्तिको कथा भन्छ । ‘असुर एउटा गाउँको पारिवारीक कथा हो । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । यिनीहरूको शक्ति संघर्ष बीचमा जो पर्छ, उ बर्बाद हुन्छ ।’ न्यौपानेले भने ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com