सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: झिँगेदाउ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको ‘अनटाइटल’ चलचित्रमा रेखा थापा, पुजा शर्मा, आँचल शर्मा अनुबन्धित भएका छन्। चलचित्रमा अन्य कलाकारको छिनोफानो छिटै हुनेबारे देउजाले जानकारी गराएका छन्। रेखा थापाको लगानी रहने चलचित्रमा यी तिन अभिनेत्रीको पहिलो सहकार्य हुन गैरहेको छ। बैशाखबाट फ्लोरमा जाने चलचित्रको स्कृप्ट लेखक सुलक्षण भारतीले लेखिरहेका छन् । नारिप्राधान बिषयबस्तुमा तयार हुने चलचित्रमा पुजा र आँचलको सहकार्य हेर्न दर्शक आतुर छन्। बेला बखतमा सामाजिक संजालमा यी दुइ अभिनेत्रीबीच भइरहनी चर्काचर्कीले पनि दर्शकलाई अझ उत्सुक बनाएको छ। रेखा फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्र अर्को बर्षको भदौ महिनामा रिलिज गर्न निर्माण टिम लागिपरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com