सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कृत चलचित्र ‘हल्कारा’को गहकिलो टिजर सार्वजनिक भएको छ । रिलिज टिजरमा गहकिलो पत्र जसले एक परिवारको कथा ब्यथा पस्केको देखाइएको छ।

निर्माण टिमले नयाँ बर्ष वैशाख २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ। काव्य शैलीबाट कथा भनिएको चलचित्रको मुख्य भूमिकामा महेश त्रिपाठी र बिनिता थापा मगरले अभिनय गरेका छन्।विक्रम स्वयंले निर्देशन गरेको चलचित्रलाई आइसफल प्रोडक्सन र कालीपार स्टुडियोले निर्माण गरेका हुन् भने रामकृष्ण पोखरेल र विक्रम सापकोटाको सहकार्यमा निर्माण भएको हो ।

वल्र्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट अभिनेता त्रिपाठीले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए । सोही फेस्टिभलमा चिन्तन राजभण्डारीले सर्वश्रेष्ठ छायांकारको उपाधि जितेका थिए ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com