सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  चैत्र १० गतेबाट फ्लोरमा गएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन सकिएको छ। दुई महिना सम्म चलेको फिल्मको छायांकन सकिएको जानकारी बिहिबार फिल्मका निर्देशक दिपेन्द्र के. खनालले आफ्नो फेसबुक मार्फत दिएका छन। उनि लेख्छन ‘लगभग २ महिनाको परिश्रम र मेहनतका साथ आज “पशुपति प्रसाद २ : भष्मे ड्न” को छायांकन सकिएको छ । पशुपति प्रसादको सम्पूर्ण टिम तथा निर्माता मित्र खगेन्द्र लामिछाने प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।’

दिपेन्द्रले फिल्मको छायांकन सकिएको जानकारीसंगै रिलिज डेटपनि तोकेका छन। फिल्म आउँदो बडा दशैँको अवसर पारेर फूलपातीका दिनदेखि प्रदर्शन हुनेछ। फिल्म खगेन्द्र लामिछानेको कथा लेखन र निर्माणमा बनेको हो।

मुख्य पात्रहरुको लूक्स बाहिरिएसंगै आम दर्शकमा फिल्म प्रतिक्षित बनिरहेको छ। फिल्ममा विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ भने वर्षा सिवाकोटीले फिल्ममा अतिथि भूमिका निभाएकी छन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com