सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: मे ५ तारिखबाट रिलिज भएको फिल्म ‘द करेला स्टोरी’ ब्लकबस्टर सावित बनेको छ। फिल्मले मंगलबारसम्म आईपुग्दा बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ। जुन पछिल्लो समय बलिउडमा रिलिज भएका फिल्महरु मध्ये पठान बाहेकका सबैलाई उछिन्दै ब्लकबस्टर फिल्मको लिस्टमा दोश्रो स्थानमा उक्लिएको छ। बलिउडका फिल्म क्रिटिक्स तरण आदर्शले फिल्मले २०० करोड भारुको आँकडा पार गर्दै ब्लकबस्टर बनेको जानकारी आफ्नो इन्स्टाग्राम मार्फत दिएका हुन्।

सत्य घटनामा आधारित फिल्ममा अदा शर्माको मुख्य भूमिका रहेको छ। फिल्मलाई सुदीप्तो सेनले निर्देशन गरेका हुन्। फिल्मले दक्षिण भारतीय राज्य केरलामा जबर्जस्ती धर्मान्तरण गर्ने कथा बोल्छ। फिल्म एक तिर ब्लकबस्टर बनिसकेको छ भने अर्को तिर मुस्लिम सम्बद्ध संघसंस्थाले फिल्मको खुलेर आलोचना गरिरहेका छन। फिल्म द केरला स्टोरीबाट अभिनेत्री अदा शर्माको चर्चा ह्वात्तै बढेको छ। जबकि उनले आफ्नो फिल्मी करियरमा थुप्रै बलिउड साउथ इन्डियन फिल्ममा काम गरिसकेकी थिईन।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com