सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: इन्डियन क्रिकेट टिमका पुर्वकप्तान सौरभ गांगुलीको जीवनमा आधारित बायोपिक बन्ने भएको छ। फिल्मका निर्माता लव रंजन र अङ्कुर गर्ग गांगुलीलाई भेट्न केहिदिन अघि कोलकाता पुगेका थिए।  भारतीय मिडियाका अनुसार गांगुलीले फिल्मका लागि गरिन सिग्नल दिईसकेका छन। यहि बर्षको अन्त्यबाट फ्लोरमा जाने फिल्मको मुख्य भूमिकामा बलिउडका दुई धुरन्धर अभिनेताहरु रणवीर कपूर र आयुष्मान खुरनाको नाम बाहिरिएको छ। स्क्रिप्टको काम पनि लगभग सकिएको जानकारी भारतीय मिडियाहरुले दिएका छन। फिल्ममा करिब २५० करोड भारतीय रुपैंया लगानी हुने जानकारी बाहिरिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com