सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नयाँ बर्षको अवसर पारेर गत वैशाख १ गतेबाट प्रदर्शन भएको फिल्म ‘जारी’ले प्रदर्शनको ५१ औं दिन पार गरेको छ। फरक कथावस्तुमा आधारित फिल्मले दर्शकहरुको मनलाई यति सम्म रिझायो फिल्मले अहिले पनि दर्शकको माया पाईरहेको छ। फिल्मबाट अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई दर्शकले यति रुचाएकि फिल्मको क्रेज स्वदेशमा मात्र होइन, विदेशमा पनि अझै रोकिएको छैन।

पूर्वी पहाडी लिम्बू समुदायमा यथावत रहेको ‘जारी’ प्रथाको कथामा आधारित अनि फिल्म बनिरहेको फिल्महरु भन्दा भिन्न भएकाले पनि ५१ औं दिन सम्म आई पुग्दापनि फिल्म दर्शकको रोजाईमा परिरहेको छ। उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्म बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो।  रेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल जस्ता कलाकारहरुको अभिनय रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com