सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ ८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ। यस अघि पोस्टर, टिजर र गीत सार्वजनिक गर्दै चर्चामा रहेको फिल्मका निर्माण टिमले  ट्रेलर सार्वजनिक गर्दै प्रमोसनलाई तिव्र गरेको हो। सार्वजनिक २ मिनेट ४६ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङलाई देख्न सकिन्छ।

फिल्मलाई निर्देशक शोभित बस्नेतले निर्माण गरेको फिल्म सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको हो।  फिल्मलाई टेकपौरखी राईले निर्देशन गरेका हुन्। फिल्ममा सलोन बस्नेत, अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङका साथै प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

कास्की र मुस्ताङको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स छ, भने केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com