सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त  इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘रुमानी रङ्ग’ बन्ने भएको छ।  सोमबार निर्माण टिमले अभिनेता आर्यन अधिकारी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गर्दै फिल्मको घोषणा गरेका हुन्।

अनिल योञ्जनको निर्देशनमा बन्न लागेको फिल्म  ग्लोबल मिडिया रिसर्च सेन्टर प्रालिको ब्यानर तथा आविष्कार बहुसन्चार प्रा.लिको सहकार्य निर्माण हुनेछ। अनिलले यस अघि फिल्म डायरी निर्देशन गरेका थिए।

फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता, सुशील थापा, श्रृजना बस्नेत, सन्तोष सरु र विजय अधिकारी सह–निर्माताको रुपमा रहेका छन् ।महेश पौडेलले खिच्ने फिल्म लभ स्टोरी कथामा निर्माण हुने जानकारी निर्माण टिमले दिएको छ। फिल्मको छायांकन भने अष्ट्रेलियामा हुनेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com