सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि फागुन २५ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ। ‘जनयुद्ध दिवस’को अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्काले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। नवल खड्काको मुख्य भूमिका राजेको फिल्मले सीमा अतिक्रमणको मुद्दा उठाएको छ ।

अंग्रेजी टाइटल ‘बार्ब्ड वायर’ राखिएको फिल्मलाई सामना फिल्म्स प्रालिको ब्यानरमा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्काले निर्माण गरेका हुन् । सत्यकला राई कार्यकारी निर्मात्रीको रुपमा छिन् ।

फिल्ममा नवलका अलावा रेबिका गुरुङ, सुरबिना कार्की  प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा बन्दे प्रसाद र तारा थापाको सम्पादन, सौरभ लामाको छायांकन, मणी थापा र दीपक शर्माको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com