सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : फिल्म ‘केटि हराएको सुचना’ बन्ने भएको छ। सोमबार निर्माण टिमले फिल्मको घोषणा गर्दै मुख्य कलाकारहरु पनि फाइनल गरेका छन। दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्मको सोमबार स्क्रिप्ट पूजा गर्दै मुख्य कलाकारको बारेमा जानकारी गराईएको हो।

फिल्ममा नायक नाजिर हुसेन र शृष्टि श्रेष्ठलाई मुख्य कलाकारको रुपमा निर्माण टिमले सम्झौता गरेको छ। त्यसो त नाजिर र शृष्टिको यो पहिलो सहकार्य हुनेछ।

बिहिबार देखि फ्लोरमा जाने फिल्ममा नकिम उद्दिमको लगानी रहने छ भने अम्बर महर्जनले फिल्मलाई खिच्नेछन । फिल्मको छायांकन काठमाडौं र जनकपुरमा गरिने  निर्माण टिमले जनाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com