सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घर ज्वाँइ’को सम्पूर्ण छायांकन सकिएको छ। पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा खिचिएको फिल्मको छायांकन एक महिनामा सकिएको हो।  फिल्म गत फागुन ५ गतेबाट फ्लोरमा गएको थियो।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्मलाई जनक घर्ति मगरले निर्माण गरेका हुने भने फिल्ममा निर्देशक बुढा मगरकै कथा रहेको छ। अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइरालाको लेखनमा तयार भएको फिल्ममा सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको संगीत छ ।

फिल्ममा दया र मिरुनाका साथै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरको पनि अभिनय रहेको छ ।

निर्माण टिमले फिल्मलाई २०८१ को असार २८ गते रिलिज गर्ने योजना बनाएको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com