सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वैशाख २८ गतेबाट रिलिज हुने फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजर फिल्ममा शीर्ष भूमिकामा रहेका रेयर राई केन्द्रमा राखेर बनाईएको छ। रियरसँगै टिजरमा महेश त्रिपाठी, नीति शाह र नविन मानन्धरलाई पनि स्थान दिइएको छ।

सुरज सुनुवारले निर्देशन गरेको फिल्ममा  रेयरर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धरका अलावा प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राई लगायत कलाकारको पनि अभिनय रहेको छ ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता रहेका  छन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्।

शिशिर बिसंखेको छायांकन रहेको फिल्ममा मित्र डि गुरूङको सम्पादन छ। ‘खजुरे ब्रो’लाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com