सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘खुस्मा’को नयाँ पोस्टर सार्वजनिक भएको छ। सर्वजनिक २ पोस्टरमा फिल्मका मुख्य पात्रहरु धिरज मगर र उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ। पहिलो पोस्टरमा अभिनेत्री ठकुरीलाई केहि सोचिरहेको अवस्थामा आँखाबाट आशु खस्दै गरेको देख्न सकिन्छ भने दोश्रो पोस्टरमा धिरज र उपासनालाई रोमान्टिक देख्न सकिन्छ।

मगर समुदायको प्रेमकथा बोल्ने फिल्मलाई एम मिडिया प्रालिको व्यानरमा निर्माण भएको हो। वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी यो फिल्मका निर्माता हुन् । दीपक बज्राचार्यको छायांकन रहेको यो फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत छ ।

असोजको ३ गतेबाट प्रदर्शन हुने फिल्ममा माओत्से गुरुङ, सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई लगायतका कलाकारको अभिनय छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com