सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘आउटलः दफा २१९’को टिजर केही दिनमै सार्वजनिक हुँदैछ । यो फिल्म असोजको ३ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ ।

फिल्ममा नायक सुशील श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यसैबिच, निर्माणपक्षले सुशीलको केही तस्वीर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् ।

यसले, फिल्ममा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ । फिल्मको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै फिल्मको छायांकन गरेको हो ।

अमित अग्रहरीको निर्माणमा तयार भएको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् ।
विक्की महर्जनकै लेखन रहेको यो फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय हेर्न सकिन्छ ।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्मका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन् । यो फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com