सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भ्वाइस अफ किड्स सिजन ३ कि फाइनलिस्ट द्वितिका प्रधानले गीत रेकर्डिङ सम्पन्न गरेकी छिन । उनले नक्सालस्थित अकोस्टिक स्टुडियोमा गित रेकर्डिङ गरेकी हुन् ।

शो  गितको शब्द केवल तामाङको रहेको छ भने गितमा सङ्गीत ताराप्रकाश लिम्बूले भरेका छन् ।

द्वितिका प्रधान अहिले नौ वर्षको भइन । उनी वेस्ट सिक्किमको सोमबारियास्थित उड्स्टक हाई स्कुलमा कक्षा ५ मा पढ्दै छिन । उनले यो कलिलै उमेरमा सांगीतिक क्षेत्रका धेरै भन्दा धेरै रियालिटी शोमा विभिन्न खाले उपाधी जिति सकेकी छिन् ।

उनले २०२१ मा सिक्किम गट ट्यालेन्टमा क्वाटर फाइनल, २०२२ को सिक्किम आइडलको टप १२, २०२३ मा सिक्किम मिनि मोडेल सिजन २ को विजेता, त्यस्तै २०२४ को भ्वाइस अफ किड्सको फाइनलिस्ट बन्न सफल भएकी छिन् ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com