सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा,पोस्ट–प्रोडक्सनमा तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वान’ को दोस्रो अफिसियल थीम पोस्टर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरेको थीम पोस्टरमा चलचित्रका मुख्य पात्र प्रदीप खड्कालाई फिचर्ड गरिएको छ  ।

चलचित्र ‘एक्टर’ मा प्रदीप खड्का सँगै आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला र साथमा डेब्यू अभिनेत्री दिव्या रायमाझीको अभिनय रहनेछ ।

राजन भुसालको निर्देशन रहेको चलचित्रको कथा आकाश बराल र राजन भुसाल स्वयंले लेखेका छन् । चलचित्रका निर्माता थमन कुमारी भण्डारी हुन् भने  क्रेयटिभ प्रोडुसर मोती कार्की रहेका छन् र चलचित्रको लाइन प्रोड्युसरमा तोरन क्षेत्री छन् ।
चलचित्रमा नरेन्द्र मैनालीले छायांकन गरेका छन् भने , शिशिर खाती र किरण थापाको  नृत्य निर्देशन, अष्टम महर्जनको द्वन्द्व, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ ।

कात्तिक १५ गते रिलिज हुने चलचित्रको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com