सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । साथै पोस्टरसँगै रिलिज प्रदर्शन मिति तय गरेको छ । चलचित्रको प्रदर्शन मिति पुस २६ गते लाइ राखिएको छ  ।

सार्वजनिक पोस्टरमा चलचित्रका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङलेखु फिचर्ड छन् ।
चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पा आदि कलाकारहरुको अभिनय रहेको छ । बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन् ।

शेर्पा संस्कृतिमा आधारित कथा चलचित्रले भन्ने संकेत पोस्टरले गरेको छ । यम शेर्पा निर्देशित चलचित्रको गएको हप्ता मात्रै छायांकन सकिएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ ।

चलचित्रको छायांकन सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्र गरिएको छ । चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन्  । गोविन्द बोहरा सह–निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् । मनोज थापा मगर, बरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत रहने चलचित्रको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर हुन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com