सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक यश कुमारले हिजो बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरियो ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोले सडक दुर्घटनाले निम्त्याएको अकल्पनि निधन र त्यसले भर्खर मात्रै गम्भिर बिरामीबाट निको भएकी प्रेमीकामाथी परेको बज्रपातको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ । सार्वजनिक भिडियोमा मोडल अनु थापाको अभिनयले दर्शकलाई मन्त्र मुग्ध बनाउँछ ।

गीतको भिडियोमा लिम्बु संस्कृति र पालमलाई पनि सुन्दर ढंगले प्रस्तुत गरिएको छ । गीतको भिडियोमा गायक यश कुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानीले अभिनय गरेका छन् । हरि हुँमागाईले खिचेको भिडियोमा हाङ चेम्जोङको कोरियोग्राफी रहेको छ । यो १५ मिनेट लामो म्युजिक सिनेमामा प्रेम, रोमान्स, ड्रामा र विछोडको मर्म मिश्रण गरिएको छ ।

सार्वजनिक गीतको फिमेल पार्टमा सशिकला राईले स्वर दिएकी छन् । समरा जोशीको मेकअप रहेको गीतको भिडियोलाई बिकास धमलाले सम्पादन तथा कलर गरेका हुन् । यसअधिको सुपहिट गीत ‘तिमी छौ र त’को दोस्रो पार्टको रुपमा यश कुमारले ‘आँखा बन्द गरेर सार्वजनिक गरेका हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com