सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो टिजरले सिचलचित्रको कथावस्तुबारेमा प्रकाश पारेको छ ।
छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा देखाइएको छ । केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई चलचित्रले व्यंग्य गरेको छ । यसले नेपाली समाजको विवाह पद्दति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गर्छ ।
भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ । परिवारले खोजेका कुनैपनि केटा मन नपरेपनि चलचित्रकी मुख्य पात्र स्वस्तिमाले निश्चल बस्नेतलाई मन पराएकी छन्, तर उसको अरुसँग प्रेम बसेको छ । यो दबाबबीच योग्य वर पाउन परिवार र युवतीले कस्तो संघर्ष गर्नुपर्छ भन्ने चित्रण गरिएको छ । ट्रेलरमा संवादले दर्शकको मन जित्ने देखिन्छ ।
चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय चलचित्र हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेकोचलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।
प्रतिक्रिया