सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘सारंग’को फस्ट लुक पोस्टर रिलिज गरिएको छ। बिहिबार निर्माण टिमले फिल्मको फस्टलुक पोस्टर रिलिज गर्दै रिलिज डेट पनि अनाउन्स गरेको हो। अब भने फिल्म मंसिर ७ गतेबाट देशभर रिलिज हुने भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री ऋचा शर्मा,उत्पल झा,बालकलाकार सम्राट थापा र आदित्य कार्की फिचर्ड छन।

बाल मनोबिज्ञान आधारित रहेर बनेको फिल्मलाई प्रशान्त तामाङले निर्देशन गरेका हुन्। निर्देशक तामाङकै लेखन रहेको फिल्मका डिओपी गोपाल राय, सम्पादक मित्र ध्वज गुरुङ रहेका छन। फिल्ममा संगीत शंकर थापा ‘स्माइल’ र गीतकार डिपी खनाल रहेका छन।

फिल्म दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com