सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दर्जनौ हिट फिल्म दिएका निर्देशक तुलसी घिमिरेले बनाउँन लागेको नयाँ फिल्म पहाडको एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन ।

आईतबार काठमाण्डौँको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले पहाडको एक गीतमा र्‍याप भरेका हुन । तुलसी घिमिरेका ससुरा समेत रहेका बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीतमा विपिनले पहाडका लागि र्‍याप गीत गाएका हुन । गीतलाई निर्देशक घिमिरेले लेखेका हुन । घिमिरेका अनुसार यो गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहने छ । फिल्ममा जम्म चार वटा गीत रहने छ ।

आगामी तिहार लगत्तै छायाँकनमा निस्किने पहाडमा विपिन कार्की सहित मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायत चिर परिचित कलाकारहरु खेल्ने निश्चित भईसकेको छ । यो फिल्मबाट सप्राईज रुपमा अर्का एक चलेका अभिनेता र एक नव अभिनेत्रीको आगामन पनि हुने निर्देशक घिमिरेको भनाई छ ।

५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायाँकन हुने यस फिल्मको बाँकी ५० प्रतिशत छायाँकन भने मुम्बईमा हुनेछ । प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेका निर्देशक घिमिरेलेलाई प्रोडक्सन डिजाइनर भएर जेठी छोरी भावनाले सघाईरहेकी छिन ।

‘मैले पहिले छड्के फिल्ममा पनि गीत गाएको थिए तर बर्षौ पछि फेरी गीत गाउँदा अझै मज्जा आयो । हिन्दी र नेपाली शब्द मिसाईएको गीतको लिरिक्स सुन्दा कठिन होला कि जस्तो लागेको थियो तर गाउँदै जाँदा सजिलै गाए ‘ गीत रेकर्डिङ भईसकेपछि विपिनले प्रतिक्रिया दिएका छन ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com