सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फूलपातीका दिन देखि एकसाथ प्रदर्शनमाआउन लागेका नेपाली चलचित्रहरु ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ को मल्टिप्लेक्स चेन क्युएफएक्सले टिकट अग्रिम बुकिङ खुला गरेको छ।

यी तिन चलचित्रहरुमा क्युएफएक्स चेनमा  ‘छक्का पञ्जा ५’ ले सबभन्दा धेरै शो पाएको छ।

देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेनले ‘छक्का पञ्जा ५’ लाई प्रदर्शनको पहिलो दिनका लागि ८८ शो दिएको छ। काठमाडौंमा ३१ र  काठमान्डौ बाहिर ५७ शो पाएको छ ।
क्युएफएक्स चेनमा चलचित्र ‘ज्वाइँ साब’ ले काठमाडौंमा १८ र काठमाडौं बाहिर २० शो दिएको  छ ।

त्यस्तै, क्युएफएक्स चेनले चलचित्र  ‘१२ गाउँ’ लाई काठमाडौंमा १८ र  काठमाडौं बाहिर २६ शो दिएको छ ।

अन्य मल्टिप्लेक्स ,आइएनआई, बिग मुभिज, वान सिनेमाज लगायतकामा बुकिङ खुल्दैछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com