सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत असोज २४ गते बिहीबार फुलपातीको दिनबाट  रिलिज भएको चलचित्र  ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ । अन्य दुई चलचित्र ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा चलचित्रप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रका निर्देशक वसन्त निरौलाले चलचित्र प्रदर्शनको दिन आफ्नो चलचित्रको अकुपेन्सी कम भए पनि सोमबारसम्म आइपुग्दा शोको अकुपेन्सी उत्साहजनक रुपमा बढेको बताएका छन्  । ‘पहिलो दिन ३० प्रतिशतमात्र अकुपेन्सी रहँदा तेस्रो दिनसम्म ८० प्रतिशत अकुपेन्सी बढेको छ । धेरै हलले शो पनि थपिरहनुभएको छ । चलचित्र राम्रो भएपछि दर्शक र शो पनि थपिन्छ भन्ने यो उदाहरण हो’, उनले भने ।

चलचित्र हेर्ने अधिकांश दर्शकले प्रमुख कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । चलचित्रमा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न चलचित्र सफल भएको बुझाई निर्माण पक्षको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेकोचलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com