सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने नयाँ चलचित्र  ‘कर्मा’ बनाउने घोषणा गरेका छन् ।  अभिनेता विपीन कार्कीको मुख्य भूमिका रहने चलचित्रलाई आउँदो नयाँ वर्ष २०८२ को पूर्व सन्ध्या पारेर आगामी चैत २९ गतेदेखि प्रदर्शनमा लाउने गरि चलचित्रका टिमले सामाजिक संजाल मार्फत पोस्टर सार्वजनिक गरेका छन् ।

विपीन कार्कीको एक्सन अवतार रहने चलचित्रको सार्वजनिक पोस्टर बाट आंकलन गर्न सकिन्छ ।  चलचित्र ‘अगस्त्यस् च्याप्टर–१’ को निर्देशन गरेर प्रशंसा पाएका निर्देशक चौधरीको ‘कर्मा ‘ तेश्रो चलचित्र हुनेछ भने चलचित्रको कथा पनि चौधरीकै रहने छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा बसन्त लम्सालको लगानी रहने छ । चलचित्रको छायांकन मङ्सिर दोस्रो हप्ता पछि शुरु  हुनेछ । चलचित्रको लागि अरु कलाकारहरूको अनुवन्ध जारी रहेकाले बिस्तारै अन्य कलाकारहरुको नाम सार्वजनिक गर्ने निर्माण टिमले जानकारी दिएका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com