सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – छायांकनरत चलचित्र ‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको सकिएको छ । दशैं लगत्तै सुरु गरिएको चलचित्रको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो ।
चलचित्रको दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बाराबाट सुरु हुने निर्माता रौनक विक्रम कडेलले बताए । चलचित्रको केही प्रतिशत छायांकन निर्माता कडेलको गृह जिल्ला चितवनमा पनि गरिनेछ ।चलचित्रको पहिलो सेड्युल छायांकन उत्साहजनक रहेको अनुभव पनि निर्माण कडेलले सेयर गरेका छन् ।
यो चलचित्र २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो । चलचित्रको मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया रहेका छन् । विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ । मेनुका प्रधानसँगै चलचित्रमा निर्देशक पनि परिवर्तन भएका छन् । पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन् ।
चलचित्रमा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको लगानी रहने चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन् ।
सिनेमा आट्र्सले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भैरहेको चलचित्रमा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ ।
प्रतिक्रिया