सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मंगलबार चलचित्र ‘ह्रस्व दीर्घ’मा समावेश नयाँ गीत ‘जपिँदैन हरि’ सार्वजनिक भएको छ । एक जोडीको प्रेमभाव बोल्ने गीतमा केतन क्षेत्री र मेनुका पौडेलको स्वर र प्रतिक पौडेलको शब्द रचना तथा संगीत छ । गीतमा नीता ढुंगाना, हरिहर अधिकारी र सरोज खनालसहितका कलाकारहरु फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा नीता र हरिहर रोमान्टिक देखिएका छन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो चलचित्र तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।
प्रतिक्रिया