सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बुटवलमा शुक्रबारबाट नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा संचालनमा आएको छ । २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रुपमा ल्याईएको यो हल रोयल सिने हब प्रालिले संचालन गरेको हो ।

तीन युवा,जो हाल चलचित्र बितरणमा समेत सक्रिय र सफल छन–आशिष तामाङ,प्रदिप धामी र पुष्कर घिमीरले फ्रेन्डस् सिनेमाज्को ब्राण्ड बिस्तार गर्ने क्रममा बुटवलमा यो दोश्रो हल संचालन गरेका हुन् । आफुहरुले नयाँ ब्यबस्थापन,अत्याधुनीक प्रबिधि तथा दर्शकलाई बिबिध सेवासुबिधा र सहुलियतका साथ हल संचालनमा ल्याएको जानकारी संचालक मध्येका एक आशिष तामाङले दिए । उनले हल खोलेको उपलक्ष्यमा पहिलो साताभरि टिकट दर रु १५० राखीएको बताए । बिहानी शो, मंगलबार र बुधबारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने जनाइएको छ । दैनीक ६ शोसम्म चलाउन सकिने भ्यु सिनेमाज् अब फ्रेन्डस् सिनेमाज्का रुपमा आएको छ । हलमा नेपाली फिल्मलाई नै प्राथमीकता दिने दावी संचालक टिमको छ ।

हल संचालनसँगै फिल्म बितरणमा समेत छोटो समयमै आफूलाई स्थापीत गरिरहेको यो टिमले कुवेर सिने डिस्टिब्युसनमार्फत हालसम्म ‘फर्की फर्की’, ‘कुश्मा’ र ‘१२ गाउँ’ जस्ता हिट फिल्म बितरण गरिसकेको छ भने अब ‘उनको स्वीटर’,‘बलिदान’,‘रेशम फिरिरी’ लगायतका फिल्म दर्शकमाझ ल्याउदैछ । फिल्म बितरणसँगै भबिष्यमा फिल्म निर्माण अनि देशका अन्य स्थानमा फ्रेन्डस सिनेमाज् बिस्तार गर्ने योजना टिमको छ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com