सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायक सुशील श्रेष्ठ प्रतीक्षित चलचित्र ‘आउटलः दफा २१९’ ’बाट दमदार एक्सनका साथ पर्दामा फर्किने तयारीमा छन् । उनले यस चलचित्रका लागि चार वर्ष आफ्नो अमुल्य समय दिएका छन् । उनले यस चलचित्रका लागि धेरै नै मेहनत गरेका छन् ।
सुशीलले यस चलचित्रका ;लागि अहिलेसम्म प्रयोग नभएका एक्सन कोरियोग्राफी र स्टन्टका सबै शैलीलाई पछ्याएको निर्माताको दाबी छ । केही साताअघि मात्र ४० लाख खर्चिएर चलचित्रको एक दृश्य छायांकन गरिएको छ ।
प्राप्त तस्वीरमा सुशीललाई शरीरमा आगो लगाएर स्टन्ट दृश्य दिएको देख्न सकिन्छ । यो दृश्यका लागि ‘सावधानीपूर्वक’ सुशीलको शरीरमा आगो लगाएर छायांकन गरिएको थियो । चलचित्रका लागि यो दृश्य विशेष हुने निर्माताको भनाइ छ ।
जुन तस्वीर हेर्दा सुशीलले चलचित्रका लागि गरेको मेहनत बुझ्न सकिन्छ । पटकथा लेखक तथा निर्देशक विक्की महर्जनका अनुसार फिल्ममा ५० मिनेटको एक्सन दृश्य मात्रै समेटिएको छ ।
टिजर सार्वजनिक भएसँगै चर्चामा रहेकोचलचित्रमा अमित अग्रहरीको लगानी छ । चलचित्रमा शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारीको पनि अभिनय छ । चुल्ठे काजीको एक्सन कोरियोग्राफी रहेको चलचित्रमा साहिल खानको सम्पादन र नवीन गुरुङको छायांकन छ । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सहनिर्माता हुन् ।
प्रतिक्रिया