सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘हन्टर’को क्यारेक्टर लुक्स पोस्टर सार्वजनिक भएको छ । चलचित्रका मुख्य पात्रअभिनेता अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर चलचित्र निर्माण टिमले चलचित्रको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ  ।

पोस्टरमा श्याम स्वेत रंगमा अभिनेता अरुणको क्लोजअप तस्बिरको प्रयोग भएको छ जसमा अरुण चिउँडोमा हात राखेर एकटक  हेरिरहेका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । तस्वीरले अरुण यस चलचित्रमा एक्सन भूमिकामा रहको प्रस्ट्याउछ   ।

जीवन सिंहले चलचित्रलाई निर्देशन गर्नेछन् । यो उनको डेब्यु चलचित्र  हो । चलचित्रले सुदूरपश्चिमको कथा पस्कनेछ ।  चलचित्रको पोष्टर रोयल भिमसेनले तयार पारेका हुन् । चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । प्रि–प्रोडक्सनमा रहेको चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com